७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिओ निष्कासन गर्न रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता 

अ+ अ-

काठमाडौं । रायन इनर्जी प्रालिले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि यस कम्पनीले मंगलबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।

संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासन सम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच द्विपक्षीय सम्झौता भएको हो । रायन इनर्जीका प्रबन्ध सञ्चालक दीपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रायन इनर्जीका प्रबन्ध निर्देशक रौनियारका अनुसार रायन इनर्जीले प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । ‘हामी आगामी वर्ष पब्लिकमा जाँदैछौँ । ९० करोड कम्पनीको चुक्ता पुँजी रहेको छ । त्यसको ३० प्रतिशत सार्वसाधरणका लागि आइपिओ जारी गर्छौँ’, उनले भने ।

यस कम्पनीले २०७८ साल पौष ५ गतेदेखि  इलेक्ट्रिक साधनहरू (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो । यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका व्यवसायीहरूको समूहद्वारा स्थापित व्यावसायिक संस्था हो । रायन इनर्जीको केन्द्रीय कार्यालय बाग्मती नगरपालिका वडा नं. १२ सर्लाहीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस