६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. अमरेशकुमार सिंहले भने-बालेनको होइन, तरकारी र फलफूल फाल्नेको विरोधमा हुँ

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफू काठमाडौँका गरिब जनताको पक्षमा भएको बताउँदै मेयर बालेन साहको विरोधमा नभएको बताएका छन् ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि हिजो (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर साहलाई हिटलरको संज्ञा दिँदै उनले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको आरोप लगाएका थिए ।

सोही प्रसंगमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै सांसद सिंहले भनेका छन्, ‘कानुन सबैका लागि बराबर हो । कानुनी राज्यको खोजीमा छु । त्यसकारण म जनताको पक्षमा उभिएको हुँ । बालेनको विरोधमा होइन ।’

साथै, उनले गरिबलाई भएको बेथितिको विरुद्धमा बोल्दा आफूले सधैँ साथ दिने पनि बताए ।

‘चाहे जुम्ला, जाजरकोट वा मधेशको गरिब होस् म त्यसको पक्षमा हुन्छु । पीडितको पक्षमा म हुन्छु,’ सांसद सिंहले भने, ‘गरिबलाई भएको बेथितिको विरुद्धमा बोल्दा म साथ दिन्छु । बालेनको राम्रो कामको साथ दिन्छु, गरिबलाई पिट्ने, तरकारी र फलफूल फाल्नेको विपक्षमा म लडिरहन्छु ।’

प्रतिक्रिया दिनुहोस