काठमाडौँ । मधेस प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बढुवा समितिको सचिवालयले एघारौँ तह (अप्राविधिक) पदका लागि दुई जना १०औँ तहका वरिष्ठ उपसचिवहरूको नाम सिफारिस गरेको छ।
बढुवा समितिको २०८१ साल माघ २८ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश लोक सेवा आयोगको बढुवा सूचना नं. १०८१-८२ अनुरूप सेवा प्रशासन समूह (सामान्य प्रशासन) अन्तर्गत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।
बढुवाका लागि सिफारिस हुनेमा सुशील कुमार शाह तेलो र रंजित कुमार यादव रहेका छन्।
यसअघि १०औँ तहका वरिष्ठ उपसचिवहरूको नाम सिफारिस गरिएको छ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।