९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

अ+ अ-

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका-१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । 

ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना संकलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । 

ऋषिङ-१ र व्यास नगरपालिका-५ को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा संरक्षण योजना सुरु गरिएको भण्डारीले उल्लेख गरे । 

“आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रूपमा यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएको छ । यसको क्षतिपूर्ति स्वरूप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो”, भण्डारीले भने । उनका अनुसार सेती र मादी नदीको संगमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा योजना कार्यान्वयनको पहल थालिएको हो ।

योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिकाका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्ष, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन भइसकेको छ ।

मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरूको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । 

उनले भने, “बाँधका कारण यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने देखिएपछि संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो ।”

उनका अनुसार व्यासका वडा नं ३, ४, ५,६, ७ र १०, मध्य नेपालका वडा नं ४, ५, ६, ७ र ८, रुपाका वडा नं १, ३ र ७ तथा मादी गाउँपालिकाका वडा नं ४, ५, ९, १०, ११ र लाई प्रभावित क्षेत्र मानिएको छ ।

प्रतिक्रिया दिनुहोस