३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलबारीका मेयरले खोसे अधिकृतको जिम्मेवारी, आचरण विपरीत काम गरेको आरोप

अ+ अ-

विराटनगर । बेलबारी नगरपालिकाका आठौँ तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । कार्यपालिका बैठकले अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएको हो । 

२८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनीयता भंग गरेको, कार्यालयको हित विपरीत काम गरेको र पदीय मर्यादा विपरीत काम कारवाही गरेको आरोप लगाइएको छ । 

कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृत स्तर आठौँ तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनीयता भंग गर्ने, कार्यालयको हित विपरीत काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरीत काम कारबाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’

नगरपालिकाका मेयर दिल प्रसाद राईले पनि उनलाई जिम्मेवारीमुक्त गरिएको बताए ।  ‘जुन मान्छे जुन जिम्मेवारीमा जिम्मेवारीपूर्वक नबसेको हुनाले जिम्मेवारी खोसिएको हो ।’ राईले प्रशासनसँग भने । 

‘प्रस्तुत विषयमा तपाईँलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१/१०/२८ गते बसेको १२७ औँ बैठकको निर्णयानुसार तपाईँलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ’, खड्कालाई दिइएको पत्रमा लेखिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले पनि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको बताएका छन् । ढकालले भने, ‘पदीय मर्यादा र आचरण विपरीत काम गरेर जनप्रतिनिधिलाई असहयोग गरेकोले कार्यपालिकाले निर्णय गरेर जिम्मेवारी खोसिएको हो ।’

पत्र पठाएपछि खड्का कार्यालयमा हाजिर भएका छैनन् ।

आचरण विपरीत के काम गरेको भन्ने विषयमा भने अझै खुलाइएको छैन । यसबारे अधिकृत खड्कासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस