११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा केन्द्रीय सदस्य सुनुवारसहित र राप्रपा रामेछापका नेता काँग्रेसमा प्रवेश

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित रामेछापका विभिन्न पार्टीका नेता-कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा आदिवासी जनजाति नेता समेत रहेका सुनुवारसहित उनी नेतृत्वको टिम काँग्रेसमा प्रवेश गरेको हो ।

सभापति शेरबहादुर देउवाले खादा लगाउँदै उनीहरूलाई काँग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका हुन् । काँग्रेसमा प्रवेश गरेका नेता-कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिएका छन् ।

रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता-कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गरेका हुन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो । काँग्रेसमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछापका उपाध्यक्ष दशराम सुनुवार,सुनुवार सेवा समाजकी केन्द्रीय सचिव शोभा सुनुवारलगायत छन् ।

प्रतिक्रिया दिनुहोस