१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले भने-शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् ।

उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको उनको भनाइ थियो ।

‘शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ ।’

कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने पनि बताए ।

‘कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहन वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ,’ मन्त्री पाण्डेले भने ।

अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए ।

‘यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसार भरी नै चलेको बहस भनेकै त्यही हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस