काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएका छन् ।
मालिका गाउँपालिका गुल्मीको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जितेका पालिकाबाट नै समाजवाद उन्मुख कार्यक्रम अघि सार्ने बताए ।
उनले भने, ‘१२३ वटै पालिका प्रमुख, उपप्रमुखसहित पार्टी नेताहरूलाई केही दिनमै काठमाडौँमा बोलाएर प्रशिक्षण दिँदै छौँ । त्यहाँ समाजवाद उन्मुख अर्थतन्त्र आ-आफ्नो विशेषता अनुसारको विज्ञ र विशेषज्ञसहितको तालिम दिएपछि हाम्रो नेतृत्वमा रहेका सबै पालिकाहरूले जनताको मन छुने र समृद्धिको यात्रालाई गति दिनेछन् ।’