९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप पाँच निजी अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के

अ+ अ-

काठमाडौँ। जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारले अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले बिहीबार साँझ पाँचवटा निजी अस्पतालमा अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा दुईवटा विना दर्ता पाइएको छ, र अन्यको मापदण्डमा त्रुटि रहेको फेला परेको छ । जनकपुरको पीडारीचोकस्थित जनकपुर मधेश होस्पिटल र रामानन्दचोकमा रहेको जनकपुर गोल्डेन अस्पताल दर्ताविनै संचालनमा रहेको पाइएको छ ।

दुवै अस्पताललाई शुक्रबार बिहानसम्म बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर ११ बजेसम्म बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । जनकपुरको सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको, सरसफाइमा त्रुटि रहेको पाइएको छ ।

सरसफाइमा ध्यान दिन र कागजातसहित भोलि मन्त्रालयमा उपस्थित हुन निर्देशन मुख्यमन्त्रीले निर्देशन दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रका अनुसार जिरोमाइलमा रहेको ज्योति आँखा अस्पतालका संचालकबाहिर रहेकाले भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

यस्तै, हिरा हस्पिटल मात्र दर्ता कागजात दुरुस्त रहेको पाइएको छ । यद्यपि, ५० बेडको उक्त हस्पिटलमा आकस्मिक कक्षमा ५ वटा मात्र बेड हुनुपर्नेमा ८ वटा रहेको पाइएको छ । आकस्मिक कक्षमा तीनवटा बेड घटाउन निर्देशन दिइएको छ ।

यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी हस्पिटलमा छड्के अनुगमन गरेका थिए । त्यसक्रममा दर्ता नरहेकालाई भोलिपल्टै बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरेर बन्द गर्ने निर्देशन दिएको थियो । तीनवटा अस्पतालले बन्द गरे पनि अन्य केही दर्ता बिनाको हस्पिटलले अटेर गरेको थियो ।

अटेर गरेर चलाएको पाइएपछि जनकपुर मोर्डन अस्पताललाई आजै बन्द गरिएको छ भने त्यसका सञ्चालक रामभरोश महतोलाई मन्त्रालयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस