काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगनबाट करिब ३ सय १८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर बस्ने २४ वर्षीय राहुल खंडु सरक रहेका छन् ।
प्रहरी प्रभाग नागढुंगा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातुसहित बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूलाई कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।