७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले निकट कर्मचारीको निर्वाचन तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।

सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ ।

संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालले दाबी गरेका छन् । गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । यसमा सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको छ ।

निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा महाधिवेशन उद्घाटन गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए ।

तर अधिकांश प्रतिनिधिहरू निर्वाचनमा जानुपर्ने पक्षमा उभिएपछि सहमति जुट्न सकेन । त्यसैले महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा निर्वाचन कार्यक्रम सुरु गरिएको छ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारहरूले दरखास्त दिने समय आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म तोकिएको छ । पहिलो नामावली प्रकाशन साँझ ६ बजेदेखि ७ बजेसम्म हुने छ ।

उम्मेदवारी फिर्ता लिने समय साँझ साढे ७ बजेदेखि १० बजेसम्म छ । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । लगत्तै मतदान सुरु गर्ने योजना छ ।

हेर्नुहोस् निर्वाचन तालिका :

प्रतिक्रिया दिनुहोस