काठमाडौँ । सशस्त्र प्रहरी बलमा लामो समयदेखि अवरुद्ध प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवा प्रक्रिया अघि बढेको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले शुक्रबार बढुवाका लागि मूल्यांकन फारम भरेर ३ दिनभित्र पेश गर्न भन्दै सूचना प्रकाशित गरेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘‘ साधारणतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम बढुवा गर्नुपर्ने भएकाले सम्भाव्य उम्मेदवार रहेकाहरूले आवश्यक पर्ने प्रमाण पत्रका प्रतिलिपि संलग्न गरी‘ अनुसूची १३ बमोजिमको मूल्यांकन फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र गृह मन्त्रालय बढुवा समितिको सचिवालयमा पेश गर्न हुन बढुवा समितिको मिति २ फागुन २०८१ गतको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।’
