८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलको दाबी : राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकार 

अ+ अ-

वालिङ (स्याङ्जा) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । 

स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे । 

पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।

“अवसरवादसहित विविध कारण मुलुकमा छ÷छ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन”, उनले भने, “मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठबन्धनबाट वर्तमान सरकार बनेको हो ।”

मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने, “मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।”

आफ्नो जन्मभूमि स्याङ्जा भएको बताउँदै उनले यहाँको समग्र विकास, पूर्वाधार निर्माणका विषयमा रहेकाले क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 

भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभाका सांसद राजु थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पदमा कुमारी अर्यालगायतले जिल्लाको समग्र विकास, निर्माणका विषयमा धारणा व्यक्त गरेकी थिइन् ।

बिरुवा गाउँपालिकाको प्रशासकीय भवन कूल रु. सात करोड ९९ लाख ७० हजार एक सय ८१ को लागतमा निर्माण सम्पन्न भएको हो । २०७७ असार ३१ गते सम्झौता भएर निर्माण थालिएको भवन २०८० मङ्सिर २९ गते निर्माण सम्पन्न भएको हो । उक्त भवन २९ कोठाको छ ।

प्रतिक्रिया दिनुहोस