६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशका मुख्यमन्त्रीसँग बिहारका सचिव अजयकुमारको शिष्टाचार भेट

अ+ अ-

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारूढ जनता दल (युनाइटेड) का प्रदेशका सचिव अजयकुमार कुशवाहाले आज शिष्टाचार भेट गरेका छन् ।  

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का सचिव अजयकुमारबीच धर्म संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । 

मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिकस्तरमा धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवं दीर्घकालीन बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले रामायणमा उल्लेखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवं नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

मुख्यमन्त्री सिंहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसंगबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए । उनले सीताविना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे । “मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधामलगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु”, उनले  भने ।     

मुख्यमन्त्री सिंहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सिमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले भूमिका निर्वाह गरिरहेको चर्चा गरे । 

जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिकस्तरमा सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए । उनले सीमा वारपारका जनताबीच सुखदुख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्‍याउन धार्मिक, सांस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस