७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्यूठानका काँग्रेसले कुप्रचार गरे’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली काँग्रेस प्युठानका केही व्यक्तिहरूले आफूविरुद्ध कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । काँग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनको दाबी छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले जिल्लाका प्रतिनिधि सभा सदस्य रहेका थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादा विपरीत अस्वाभाविक चरित्र देखाउने, बहुपार्टी सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाउने शृङ्खला जारी राखेको भन्दै विज्ञप्ति जारी गरेपछि थापाले त्यसको प्रतिवाद गरेका हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ । ’

उनले लेखेका छन्, ‘जहाँसम्म ‘जितको उन्माद’ भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?’

उनले चालू आर्थिक वर्षमा बाग्दुला-मच्छी सडकको लागि आफ्नो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था रहेको जानकारी दिएका छन् । ‘यस बजेट शीर्षकमा कम्तीमा ६ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु,’ उनले भनेका छन् ।

थापाले फेसबुकमा लेखेका छन् :

केही नलेख्ने भनेको 

तथ्य लेख्नैपर्ने भयो !

नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा  काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ। ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ। 

जबकि चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु।

प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेन्डर निकालिएकोसम्म छैन। 

 विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का सम्झौताअन्तर्गत १० वर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतवर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।

यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ?

अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?

काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ।

जहाँसम्म “जितको उन्माद” भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?

प्रतिक्रिया दिनुहोस