१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

अ+ अ-

झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ ।

जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । 

महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए । “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उनले भने, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अगाडि सारिएको हो ।” 

व्यावसायिक खेती प्रवर्द्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख ५० हजार बजेट विनियोजन गरेको छ । प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका निमित्त खुल्ला रूपमा प्रस्ताव आह्वान गरेको थियो । १३ किसानले प्रस्ताव पेस गरे पनि ११ जनाले मात्र खेती गरेको उनले बताए । आयातित प्याजको दिनानुदिन भइरहने मूल्यवृद्धिलाई समेत स्वदेशी उत्पादनले कम गर्ने उनको धारणा छ । 

गौरीगञ्ज-२ मा आदिवासी महिला कृषक समूहको अगुवाइमा दुई बिगाहा जमिनमा प्याज रोपण कार्य भइरहेको छ । समूहकी अध्यक्ष नविना राजवंशीले परियोजनाको रु दुई लाख र समूहको रु दुई लाख गरी रु चार लाखमा प्याजको व्यावसायिक खेती गरिएको बताए । 

उनले यसबाट आएको आम्दानीले समूहमा आबद्ध २१ कृषकहरूको हितमा खर्च गर्ने उद्देश्य लिइएको बताए । “हामीले पहिलोपटक ५० प्रतिशत अनुदान पाएपछि प्याजको व्यावसायिक खेती गरेका हौँ”, उनले भने, “यो हाम्रो परीक्षण पनि हो, राम्रो भयो भने अर्को वर्ष थप जमिन भाडामा लिएर भए पनि खेती गर्छौं ।”  

प्रतिक्रिया दिनुहोस