७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पताल निर्माणलाई अघि बढाउने, पुँजीगत खर्च वृद्धि गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणी अस्पतालको निर्माण ढिलाइ हुनुमा सर्वोच्च अदालतमा परेको मुद्दा प्रमुख कारण रहेको बताएका छन्। उनले अदालतको फैसला पश्चात् आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेटको व्यवस्था गर्दै निर्माण कार्य अघि बढाइने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीले चालु खर्च घटाई पुँजीगत खर्च बढाउने सरकारको नीति स्पष्ट पार्दै यसका लागि विभिन्न कदम चालिएको बताए । उनका अनुसार, सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ। पुँजीगत खर्च वृद्धि गर्न सरकार गत आर्थिक वर्षको सिर्जित दायित्व रकमान्तर मार्फत भुक्तानी सहजीकरण गरिरहेको उनले बताए। साथै, कम प्राथमिकताका तथा पूर्व तयारी अपूर्ण आयोजनाहरूको कार्यान्वयन स्थगित गरी उच्च प्राथमिकताका ठूला आयोजनामा बजेट सार्ने नीति सरकारले लिएको उनले उल्लेख गरे।

राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त ठूला परियोजनाहरू कार्यान्वयनमा स्रोतको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाइसकिएको प्रधानमन्त्री ओलीले जानकारी गराए। साथै, बहुवर्षीय आयोजनाहरूलाई व्यवस्थित गर्न बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको बताए।

प्रधानमन्त्री ओलीले बढ्दो तापक्रम र हिउँदे वर्षाको अभावका कारण वन डढेलो तथा आगलागीका घटनामा वृद्धि भएकोप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे। आगलागी नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारले सबै जिल्लाहरूमा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी गराए। साथै, नियोजित रूपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिए।

प्रधानमन्त्री ओलीले सरकार प्राथमिकताका ठूला आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन, पुँजीगत खर्चलाई बढाउन र राष्ट्रिय स्रोतको अधिकतम उपयोग गर्न प्रतिबद्ध रहेको संसदमा स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस