६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक : सांसदहरूद्वारा समसामायीक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ । सांसदहरुले बेलुन विस्फोटपछि घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख  धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उनीहरूले शनिबार पोखरामा पर्यटनसँग सम्बन्धित कार्यक्रममा बेलुन विस्फोटपछि घाइते भएका उनीहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । 

सांसदहरुले आगलागीका घटनाहरूप्रति सचेतना अपनाउन, सडक एवं पुल निर्माण, सुकुम्वासी व्यवस्थापन, सामाजिक सुरक्षा कोषको अनिवार्यता, कृषिमा रूपान्तरण, चुरे दोहन, निःशुल्क प्याड वितरणदेखि रोजगार सृजनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद ठाकुरप्रसाद गैरे पाल्पामा सुन्तला खेतीको सम्भावना उजागर गर्दै सुन्तला करिडोर निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।  उनले सामुदायिक वनलाई सुन्तला वनमा रूपान्तरण गर्न सुझाव प्रस्तुत गरे ।

सांसद डिगबहादुर लिम्बूले मोरङ जिल्लाको लेटाङस्थित अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न माग गरे । सांसद डोलप्रसाद अर्यालले न्यूनतम पारिश्रमिक र प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराए । उनले सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य र अपरिहार्य भएको बताए ।

सांसद डा।तोसिमा कार्कीले स्यानिटरी प्याडका लागि आवश्यक कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरिन् । उनले भनिन्, “देशभित्र बर्सेनि ३० करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छ । तर स्वदेशी उत्पादनको क्षमता ९० करोड छ ।” उनले मुलुकका सातै प्रदेशका सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क प्याड उपलब्धता र नियमनको सुझाव प्रस्तुत गरिन् । 

सांसद दिक्पालकुमार शाहीले दैलेख भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणका लागि अन्य तीन ठाउँमा उत्खनन गर्न आर्थिक स्रोत जुटाउन माग गरे। सांसद दीपकबहादुर सिंहले सिद्धबाबा र ‘फास्ट ट्र्याक’को निर्माण समयमै सक्ने ‘ग्यारेन्टी’ सरकारले दिनुपर्ने बताए ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको मार्मा गाउँपालिका-४ मा गत वर्षको बाढीबाट विस्थापितहरूको पुनर्स्थापना र पुनर्निर्माण सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा राईले बाढीले क्षतिग्रस्त बिपी लोकमार्ग पुनर्निर्माणका लागि ध्यानाकर्षण गराए । सांसद देवप्रसाद तिमल्सेनाले उद्योगमा एकाधिकार हटाउनुपर्ने माग गर्दै सिमेन्टको मूल्यवृद्धि नियन्त्रणका लागि ध्यानाकर्षण गराए ।

सांसद देवेन्द्र पौडेलले फागुन ३ गते बागलुङको निसीखोलामा टिपर दुर्घटनामा ज्यान गुमाएका चालक कृष्ण कुमालको परिवारप्रति शोक व्यक्त गरे। सांसद धुव्रवहादुर प्रधान हुलाकी सडकको स्तरोन्नतिलाई गति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद नागिना यादवले चुरे संरक्षण आयोजना खारेज गर्ने बहसबारे धारणा व्यक्त गर्दै ‘मोडालिटी’ परिवर्तन गर्न माग गरिन् । सांसद नारायणी शर्माले विस्तृत शान्ति सम्झौताको विरुद्धमा जनयुद्धलाई हिंसा भनेर अपराधीकरण गर्न नहुने राय प्रस्तुत गरिन् । 

सांसद धनराज गुरुङले जलनको घटना नदोहोरिन दिन सचेत हुन आग्रह गरे । सांसद निर्मला कोइरालाले वीरगञ्जको मुख्य सडक विस्तार अदालतमा विचाराधीन अवस्थामा हुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेको बताइन्। उनले चाँडोभन्दा चाँडो मुद्दा टुङ्गो लगाउनुपर्ने माग गरिन् ।

सांसद नैनकला थापाले युवासम्बन्धी नीति तत्काल ल्याउनुपर्नेमा जोड दिइन् । उनले युवालाई स्वदेशमा रोजगारी उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सेवा प्रवाहले नैराश्यता थपेकोतर्फ ध्यानाकर्षण गराइन्। 

सांसद पूर्णबहादुर घर्तिमगरले अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार तीन तहका सरकाले आम्दानीको बाँडफाँट गर्ने व्यवस्था भए पनि स्थानीय तहले २० वर्षदेखि सहनीय तहले कुनै रकम प्राप्त गर्न नसकेको बताए । उनले अधिकार र आम्दानीको उचित वितरण र सिकार आरक्षणको पुनः सीमाङ्कन गर्न माग गरे । 

सांसद प्रतीक्षा तिवारीले सङ्क्रमणकालीन न्यायको टुङ्गो लाग्नुपर्ने बताइन् । सांसद प्रभु हजाराले भौतिक मन्त्रालय र सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउँदै पर्सा जिल्लाको गण्डक नहरका पुलहरू जीर्ण अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराए। सांसद प्रेमबहादुर आलेले डोटी जिल्लाअन्तर्गतको सडक र पुल निर्माणलाई तीव्रता दिन माग गरे। 

सांसद प्रेम सुवालले काठमाडौँ उपत्यका प्रदूषित भएको भन्दै रूख बिरुवा रोप्न प्रोत्साहन गर्न माग गरे । सांसद वर्षमान पुनले घोराहीको सडक कालोपत्र गर्नका लागि तत्काल ठेक्का लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद विनीता कठायतले आगलागीको घटनामा भिआइपीका र नागरिकलाई गर्ने उद्धारमा विभेद भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस