काठमाडौँ । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले राजाको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् ।
हुलाक टिकट प्रदर्शनी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको राप छाडेर आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘क्रान्ति भनेको वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा ‘प्रचण्ड’ आउँदैमा मात्रै क्रान्ति हुँदैन नि, क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्यो, समाजमा देखिनुपर्यो । हाम्रो कृषिमा देखिनुपर्यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुपर्यो ।’