८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय दूतावासले भन्यो-नेपाली विद्यार्थीको सुरक्षाका लागि सबै कदम चालिनेछ

अ+ अ-

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले ओडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले सोमवार साँझ एक वक्तव्य जारी गर्दै उक्त विश्वविद्यालय, ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल भएको बताएको छ । विश्वविद्यालयले विद्यार्थीहरूलाई होस्टेलमा बस्न र अध्ययन जारी राख्न भनेको अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका छानबिन भइरहेको पनि दूतावासले उल्लेख गरेको छ ।

भारतमा नेपाली विद्यार्थीहरूको अध्ययनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘हामी किट विश्वविद्यालयका अधिकारीहरूसँग समन्वयमा छौँ । घटनाको छानबिन भइरहेको पनि जानकारी गराउँदछौ । भारत सरकार नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने कुरा पनि आश्वस्त पार्न चाहन्छौँ ।’

विश्वविद्यालयमा बीटेक अध्ययनरत बुटवलकी नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत भेटिएपछि न्यायका लागि नेपाली विद्यार्थीहरुले आवाज उठाएका थिए । विरोध हुने भएपछि विश्वविद्यालयले सबै नेपाली विद्यार्थीहरूलाई कलेज छोड्न निर्देशन दिएको थियो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासको पहल, सामाजिक सञ्जालमा नेपाली र भारतीयहरूले समेत चर्को विरोध गरेपछि विश्वविद्यालय लचक भएर पुनस् होस्टेल आउन र पढाइ जारी राख्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस