काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हुलाक सेवा विभाग र नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा प्रजातन्त्र सम्बन्धी टिकट प्रदर्शनी तथा ऐतिहासिक टाँचा जारी गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आज आयोजित कार्यक्रममा भगवान् बुद्धको जन्मस्थल तिलौराकोटको मौर्यकालीन पञ्चमार्क मुद्रा तथा प्यूठानस्थित ऐतिहासिक भित्रीकोट दरबारलाई हुलाक टिकटमा आधिकारिकता प्रदान गर्दै प्रथम दिवसीय टाँचा लगाउने कार्य सम्पन्न गरिएको हो ।
यस ऐतिहासिक प्रदर्शनीमा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।