३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग

अ+ अ-

रुपन्देही । नेपाल निजामती कर्मचारी युनियनले रुपन्देहीको रोहिणी गाउँपालिकामा राष्ट्रसेवक कर्मचारीमाथि भएको हातपातको घटना प्रति कडा आपत्ति जनाउँदै दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ।

सोमबार दिउँसो १२:१५ बजे रोहिणी गाउँपालिकाको कार्यपालिकाको बैठक चलिरहेको बेला शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि सोही गाउँपालिकाका वडा नं. २ का अध्यक्ष करम हुसेनले गालीगलौज गर्दै हातपात गरेका थिए। निर्वाचित जनप्रतिनिधिबाटै राष्ट्रसेवक कर्मचारीमाथि भएको यो घटनाप्रति कर्मचारी युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कर्मचारी युनियनले कर्मचारीले कुनै गल्ती गरेको भए कानूनी प्रक्रियाबाट अघि बढ्न सकिने तर जनप्रतिनिधिबाटै हिंसा हुनु अत्यन्तै आपत्तिजनक भएको बताएको छ। यस्तो घटनाले कर्मचारीहरूको मनोबल गिराउने भन्दै दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न जोडदार माग गरिएको छ।

युनियनले राष्ट्रसेवक कर्मचारीहरूले भयरहित वातावरणमा काम गर्न सक्ने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै सबै कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सम्बन्धित समाचार  : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार  : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द

प्रतिक्रिया दिनुहोस