उदयपुर । त्रियुगा नगरपालिका-३ मोतिगडा चोकबाट नियन्त्रित लागू औषध फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले नगरपालिका-३ मिलन चोक बस्ने २७ वर्षीय दिपेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।