९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काम गर्न सहज नभए मन्त्रीले राजीनामा दिए हुन्छ, कर्मचारीले सरुवा लिए हुन्छ’ : मुख्यमन्त्री शाह

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारमा सहभागी मन्त्री राज्यमन्त्री र कर्मचारीलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।

२०८१-०८२ को अर्ध-वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री शाहले जनताले सरकारबाट आसा गरेको अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै त्यसका गम्भीर हुन् सबैलाई भनेका थिए।

‘मन्त्री राज्यमन्त्रीलाई असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीहरूलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ, तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन, ‘मुख्यमन्त्री शाहले भने, ‘जनताका कामहरू सहज रूपमा हुने वातावरण निर्माण गर्न सक्नु पर्छ, हैन भने विभिन्न किसिमका तर्क दिएर कार्यान्वयन लाई बल्झाउने काम कसैले नगर्दिनु होला ।’

सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोग धनगढी कैलालीद्वारा आयोजित आर्थिक कार्यक्रममा मुख्यमन्त्री शाहले जनताको कामको लागि जेल जान पनि तयार रहेको बताएका थिए।

बजेट तयार गर्ने विषयमा प्रदेश सभा सदस्यहरूसँग घनीभूत छलफल गरिरहेको र गरिरहने भन्दै उनले सांसद्हरुको भूमिका स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए। बजेटलाई जनमुखी बनाउन कर्मचारीहरूलाई मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए।

‘बजेटलाई जनतामुखी उत्पादनमुखी बनाउने प्रष्ट खाका लिएर आउनु होला सचिवज्यूहरूलाई मेरो निर्देशन छ’ उनले कार्यक्रममा भनेका थिए ।

विधि र मापदण्डमा रहेर बजेट तयार गरीको भन्दै आगामी दिनमा पनि सुशासन कायम हुने गरी बजेट बनाउने र कार्यान्वयन गर्ने उनको दाबी थियो।

कर्मचारी अभाव देखाउँदै काममा ढिलासुस्ती वा लापरबाही नगर्न पनि मुख्यमन्त्री शाहको कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

‘कार्यसम्पादन कम हुनु कर्मचारीको अभाव भन्ने धेरै सुनिन्छ अहिले भएको कर्मचारीले सही रूपमा काम गरे इमानदारिता पूर्वक भूमिका निर्वाह गरे धेरै काम गर्न सकिने मैले देखेको छु’ मुख्यमन्त्री शाहले भनेका थिए।

महत्त्वपूर्ण विषयवस्तुको सम्बोधन द्रुतमार्गबाट हुनेमा सबैलाई विश्वस्त परेका थिए।

मुख्यमन्त्री शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्वमुख्यमन्त्री राजेन्द्रसिह रावल,प्रदेश सरकारका सम्पूर्ण मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य प्रमुख सचिव, सम्पूर्ण मन्त्रालयका सचिव लगायत मन्त्रालय अन्तरगतका निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्त्रालयका सचिवहरूले मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गरेका थिए भने थियो मुख्यमन्त्री शाहले अझै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस