काठमाडौँ । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यालयका सचिवहरूले पेन डाउन गरेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडा सचिव नवीन भुसाल र रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय गरेका हुन् ।
‘‘विरोध स्वरूप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौँ,’ पालिकाका सबै वडा सचिवहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका-६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव भुसालको घाँटी अँठ्याउँदै कुटपिट गरेका थिए ।
सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
सम्बन्धित समाचार : वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग
सम्बन्धित समाचार : वडा सचिव भुसालमाथि हातपातप्रति कर्मचारी युनियनको आपत्ति, वडाध्यक्षमाथि कडा
त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका थिए ।
सम्बन्धित समाचार : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द
सम्बन्धित समाचार : रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग
उक्त दुई घटनाको विरोध गर्दै राप्तीका सचिवहरूले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।
कर्मचारीहरूमाथि भएको कुटपिटको घटनका संसदमा समेत उठेको छ भने दोषीलाई कडा भन्दा काडा कारवाहीको माग सांसदले गरेका छन् ।
सम्बन्धित समाचार : राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति
