१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी भन्यो-कूटनीतिक रूपमा सरकार असफल भयो

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कूटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कूटनीतिक रूपमा असफल भएको देखिएको बताएका हुन् ।

सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्या भोगिरहनुपरेको उनले बताए । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद सापकोटाले भने, ‘सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’

उनले माओवादी संसदीय दलको तर्फबाट घटनाको भर्त्सना गर्दै पीडित नेपालीलाई न्याय दिलाउन तीव्र कूटनीतिक पहलको माग गरे ।

‘सरकारले कूटनीतिक पहल गर्न ढिलो गरेको छ । सरकारलाई उच्चस्तरीय राजनीतिक पहलको निम्ति माग गर्न चाहन्छु,’ उनले थपे, ‘घटनाको सत्यतथ्य छानबिनका लागि जोडदार माग गर्दछु ।’

छिमेकी राष्ट्र भारतमा यस्ता घटना पहिले पनि भइरहेको भन्दै सांसद सापकोटाले नेपाली नागरिकको अपमान गर्ने तथा असुरक्षाको भय उत्पन्न गराउन घटनालाई सिंगो सदनले पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस