३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकृति मृत्यु प्रकरणबारे राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापकसँग कुराकानी

अ+ अ-

काठमाडौँ। नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी गरेका छन् ।

राजदूत शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन् । साथै मंगलबार नै केआईआईटीकाका प्रतिनिधिहरूसँग पनि राजदूत शर्माले भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

टेलिफोनमा नेपाली विद्यार्थीप्रति भएको दुव्‍यवहारप्रति सामन्तले सार्वजनिक रूपमा कलेजले माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको बताएका थिए ।

यसका साथै मंगलबार दिउँसै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

आइतरबार ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टेलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टेलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।

होस्टेलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस