काठमाडौँ । राष्ट्रिय योजना आयोगले खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ । मंगलबार आयोगले राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ पेश गरेको हो ।
त्यसैगरी योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्ग दर्शन पनि अर्थ मन्त्रालयमा पेश गरेको छ ।