८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सांसद थापा

अ+ अ-

काठमाडौँ । सांसद सूर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताएका छन् । प्रतिनिधि सभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गरे । 

सांसद थापाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणसँग सम्बन्धित प्रक्रियामा नै प्राथमिकता दिनुपर्ने भन्दै अनावश्यक मिडियावजाजी गरेर आरोप लगाउने काम बन्द गर्न सुझाव दिए । 

“अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ । अहिले ६ अध्यादेश आएका छन् । सुशासन प्रवर्द्धन, सहकारी बचतकर्ताको बचत रकम फिर्ता, सूचना प्रविधि प्रवर्द्धन, औद्योगिक वातावरण, वित्तीय उत्तरदायित्व र भूमिसम्बन्धी अध्यादेश आएको छ,” उनले भने, “सरोकारवाला खुसी भएका छन् । तर हाम्रा केही सांसदमा खुसी देखिएन । सरोकारवाला र मुलुकको हितमा अध्यादेश आएको हो  । विरोध गर्नु बेकार छ ।” 

सांसद थापाले सरकार निर्माण भएपछि अघिल्लो सरकारको कार्यकालमा बाँकी रहेको निर्माण व्यवसायीका रु ३० अर्बभन्दा बढी भुक्तानी अहिलेको सरकारले दिएको बताए । 

“वर्तमान सरकारको कार्यकालमा राजश्व वृद्धि भएको छ । पुँजीगत खर्चमा वृद्धि भएको छ । पर्यटन आगमनमा पनि  सुधार आएको छ । अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको छ,” सांसद थापाले भने, “अहिले अनावश्यक अध्यादेशको विरोध गरेर सरकारको आलोचना भइरहेको छ । यो संविधान विपरीतको काम होइन । संसद् नचलेको बेलामा छोटो समयमा अध्यादेश ल्याउन सरकारलाई दिइएको सुविधा हो ।” 

मुलुकका दुई ठूला पार्टीको सहकार्य हुँदा ठूलो उपलब्धि हुने सांसद थापाले बताए। “यसपालि पनि ठूला उपलब्धि गराउनुपर्ने छ । समाजमा निराशा हटाएर आशा जगाउने उद्देश्यअनुसार नै सरकार अगाडि बढिरहेको छ,” उनले भने, “देशमा भ्रष्टाचार बढेको छ । सुशासन कायम राख्न अध्यादेश ल्याउन लागिएको हो ।”

सहकारी ठगी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको उल्लेख गर्दै सांसद थापाले आपत्ति जनाए। उनले सामाजिक सञ्चाल नियमन सम्बन्धी विधेयकले विद्युतीय अपराध रोकिने बताए । 

सांसद थापाले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गरे । 

प्रतिक्रिया दिनुहोस