काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको प्रतिवेदनसहित ७ प्रस्ताव पारित गरेको हो ।
आजको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी टुंगिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनसहित नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समीक्षा, तात्कालिक कार्ययोजना, सरकारले ल्याएको अध्यादेश सम्बन्धमा, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको बताए ।
भोलि नै नेकपा एसको पोलिटब्युरो बैठक पनि बस्दै छ भने ९ गते केन्द्रीय कमिटीको बैठक नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बस्दै छ ।