काठमाडौँ । वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।
आफ्नै वडाका सचिव नवीन भुसालमा माथि कुटपिट गरेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।
गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।
सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
सम्बन्धित समाचार : वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग
सम्बन्धित समाचार : वडा सचिव भुसालमाथि हातपातप्रति कर्मचारी युनियनको आपत्ति, वडाध्यक्षमाथि कडा कारबाहीको माग
सम्बन्धित समाचार: प्रतिनिधि सभामा पनि उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
सम्बन्धित समाचार: कर्मचारीमाथि भएको कुटपिटको विरोधमा राप्तीका सबै वडासचिवले गरे पेन डाउन
सम्बन्धित समाचार: राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति