६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा युद्धविरामपछि सरकारले इजरायल पठाउन थाल्यो श्रमिक

अ+ अ-

काठमाडौँ। गाजामा युद्धविरामपछि सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)का लागि नेपाली श्रमिकलाई पुनः इजरायल पठाउन सुरु गरेको छ ।

केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९१९ जनामध्ये १३ जना (२ जना पुरुष, ११ जना महिला) मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटूजी सहजीकरण शाखाले जनाएको छ ।

शाखाका अनुसार पहिलो चरणमा केयरगिभरका लागि जाने नेपाली श्रमिक ८२ जनाको भिसाको लागेको छ। 

नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन थालेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने कामदारहरूको पहिलो समूहलाई आज इजरायल पठाइएको छ। उनीहरूलाई आज नेपालका लागि इजरायली राजदूत खनान गोदेर, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयका प्रतिनिधिहरूले फुल मालासहित बिदाइ गरेका थिए ।

इजरायलको लागि योग्यता पुगेर छानिएका ३ हजार ४६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा २ हजार ११२ जना छानिएका थिए । तीमध्ये पहिलो ९१९ जनालाई पठाउने प्रक्रिया अगाडि बढाइएको बताएको छ । 

यसका साथै ९१९ मध्ये ८२ जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा रहेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा अब बढी नेपाली कामदार १३ सय ४५ जना कार्यरत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस