६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरूको श्रमदानमा रु. १२ लाखको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजना मार्फत ३० घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेको रु. आठ लाख बजेट र रु. चार लाख बराबरको श्रमदानमा योजना निर्माण भएको जानकारी दिए । “छ्यारछ्यारेमा मुहान, पाइपलाइन, टंकी र २२ वटा नयाँ धारा निर्माण गरिएको छ भने आठ वटा पुराना धारालाई मर्मत गरेर खानेपानी वितरणको व्यवस्था मिलाएका छौ,” उनले भने “घरघरमा मिटर सहितको धाराबाट खानेपानी वितरण भएपछि समयको बचतका साथै पानीका कारणले हुने सामाजिक द्धोन्द न्यूनीकरण भई सद्भाव कायम गर्न सहयोग पुगेको छ ।”

खानेपानी योजना निर्माणका लागि कुल लागतको दश प्रतिशत श्रमदान गर्नुपर्ने नगरपालिकाको नीति भए पनि प्रतिघर २७ दिनका दरले रु। चार लाख बराबरको श्रमदान भएको उपभोक्ता समितिका सचिव लालबहादुर कार्कीले बताए ।

यसअघि बि.सं. २०६५ मा निर्माण भएको योजनाको सार्वजनिक धारा पुरानो भएको र पानी वितरण गर्न असहज भएपछि नयाँ निर्माण गरिएको उनले बताए । यसअघि सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए ।

वितरण प्रणालीलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दीर्घकालीन सञ्चालन गर्न धारामा मिटर जडान गरेर पानीको खपतको आधारमा शूल्क संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान्)ले सम्झौता भन्दा बढी रकम बराबरको श्रमदान गरेर सिस्नेरा र बाजगराका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका बताए ।

बेनी नगरपालिकाको वडा नं.४ मा पर्ने डाडाखेतमा एक घर, एक धारा सहितको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारबाट गत वर्ष रु. २० लाख विनियोजन गरेर शुरु गरेको योजनाका लागि यस वर्ष पनि रु. २० लाख विनियोजन भएको र निर्माणाधीन रहेको वडा अध्यक्ष खड्काले बताए ।

उनका अनुसार आठ सय ३४ घरपरिवारको बसोबास रहेको बेनी नगरपालिकाको वडा नंं-४ को डाडाखेत र थामडाडा बाहेकका टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगेको छ ।

थामडाडाको खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु. दुई लाख बजेटबाट काम भइरहेको छ । सिंगा, सुर्केमेला, बास्कुना, स्वाँत, ठुलो खोला, राक्से टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगिसकेको वडा अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस