१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट ७ पञ्जाबी सर्वसाधारणको मृत्यु 

अ+ अ-

क्वेटा, पाकिस्तान । अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ । 

उक्त सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको एक सरकारी अधिकारीले बुधबार बताए । 

पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा गोली हानी हावा खुस्काइदिएको र बस रोकिएपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको सो क्षेत्रका एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए । 

“आतङ्ककारीहरू बन्दुकधारीहरू बसमा चढे र यात्रुहरूको परिचयपत्र देखाउन भने त्यसपछि पञ्जाबीहरूलाई बसबाट निकालियो र हत्या गरियो,” उनले भने । 

“उनीहरूलाई लाइनमा उभ्याएर र गोली हानी मारिएको थियो,” उनले भने । समाचार तयार पार्दासम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस