गण्डकी । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई रु. ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मान पत्र प्रदान गरे ।
केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।