काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।