३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नित्यनाथ पुनः निर्माणका लागि शिलान्यास : ०८२ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य

अ+ अ-

काठमाडौँ । १९ औँ शताब्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनः निर्माणका लागि शिलान्यास भएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा रहेको सत्तलको बिहीबार संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरूले एकै पटक भवनका ५ ठाउँमा जग राखेर शिलान्यास गरेका हुन् । 

सत्तल पुनः निर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको छ । तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये पनि बिहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार बिहीबारको दिन पारेर आज शिलान्यास गरिएको हो ।

शिलान्यासपछि पूर्व मन्त्री थापाले, महानगरपालिकाको नेतृत्वमा प्रशंसा योग्य काम भएको उल्लेख गरे । ‘सम्पदा संरक्षण गर्ने काममा, जन सरोकारका काममा यस अघि संघ र प्रदेश सरकारको लगानी माग्नु पर्थ्यो । अहिले महानगरपालिकाले लगानीको अभाव महसुस हुन दिएको छैन ।’ उनको भनाइ थियो । त्यस क्रममा उनले पशुपतिसँग स्थानीय बस्तीलाई छुट्याएर होइन । जोडेर लैजानु पर्नेमा जोड दिए । 

९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनः निर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । संरचनाको पूर्व अवस्थाका विषयमा जानकारी दिँदै वडाध्यक्ष संगतले भने, ‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनः निर्माण गर्न लागिएको हो ।’ भवन बन्नु संरचना मात्र थपिनु होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्छ । उनले धारणा राखे ।

यो सत्तल १९ औँ शताब्दीमा निर्माण भएको अभिलेखमा देखिन्छ । सत्तलको ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख राईले, निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला कसकसले पुनः निर्माण गराए भन्ने विवरण अभिलेखमा नदेखिएको बताए । ‘९० सालको भूकम्पले भत्किएर एकातिर जीर्ण गारो भएको संरचना मात्र अभिलेखन छ ।’ राईको भनाइ छ ।  

विभागका इञ्जिनियर रुपा डंगोलका अनुसार सत्तलको हरेक तला ८१३.०६ वर्ग फिट रहेको छ ।  सत्तलको पुनः निर्माण स्थानीय बासीका लागि सुखद कुरा हो । यसलाई बहु आयामिक उपयोगमा ल्याउनु पर्छ । कार्यक्रममा स्थानीय श्यामकृष्ण संगतले धारणा राखे ।

सम्पदा संरक्षण, मर्मत तथा पुनः निर्माणका लागि वडाले सम्पादन गरेका केही प्रमुख कामहरुः

२०७९ यता वडाभित्रका ४ वटा फल्चा पुनः निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण हुँदैछ । यस क्षेत्रबाट सञ्चालन हुने ठूलो जात्रामध्येको एक बत्सलेश्वरीका लागि कुनै पनि संरचना थिएन । मठा फल्चा निर्माण कार्य थालनीको चरणमा छ । २ वटा फल्चा पुनः निर्माण अनुमतिका लागि पुरातत्त्व विभागमा पठाउने तयारी छ । 

इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनः निर्माण सम्पन्न भइसकेका छन् । सानासाना धार्मिक संरचनाहरूमा पिंगलास्थान द्यःसहितका संरचना पुनः निर्माण भइसकेका छन् । 

हराएकै १ सय वर्षभन्दा धेरै समय बितेको ब्रह्मा मन्दिर पुनः निर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताब्दी देखि सातौँ शताब्दीको बिचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ । वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनः निर्माण गरेको छ । पिंगलास्थान र तिलगंगामा द्वार निर्माण गरेको छ । 

डबलीहरूमा नवाली टोलको नवाली डबली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डबली पुनः निर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जय बागेश्वरीसम्म ढुंगा बिछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पुर्‍याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरूको बाहिरी मोडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ ।

प्रतिक्रिया दिनुहोस