काठमाडौँ । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।
गत शनिबार पोखरा नयाँ बजारमा आयोजित कार्यक्रममा उद्घाटनका क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।
घाइते दुवैजनाको काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।