काठमाडौँ । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्ले निर्णय गरेका १३ निर्णय सार्वजनिक गरेका छन् ।