७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कँडेलले भने-पक्षधरताको आधारमा बजेट विनियोजन हुने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्छ 

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्।

कार्यक्रमको उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले पक्षधरताको आधारमा बजेट विनियोजन हुने परिपाटीलाई अन्त्य गर्न आफ्नो उद्देश्य रहेको धारणा राखेका हुन्।

नवनिर्वाचित सरकारले पक्षधरता र अनुहारको आधारमा बजेट विनियोजन गर्दा आम मतदातामा त्यसले गलत सन्देश जाने हुनाले पक्षधरता भन्दा आवश्यकता आधारमा गर्न सरकारले नीतिगत र कानूनी व्यवस्था गर्न गर्न मुख्यमन्त्री कँडेलको जोड थियो ।

उनले भने, ‘अनुहार र पार्टी हेरेर बजेट व्यवस्था गर्दा आफ्नो पार्टीबाट स्याबासी त पाइन्छ होला तर त्यसले जनतामा नकारात्मक सन्देश जान्छ र जनताले त्यसलाई स्वीकार गर्ने अवस्था रहँदैन ।’

मुख्यमन्त्री कँडेलले विनियोजन गर्ने तरिका केन्द्र देखी नै आलोचनामुक्त नभएको बताउँदै संंघदेखी सबै तहका सरकारले बजेट विनियोजन गर्ने तरिकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने पनि बताए।

प्रदेश सरकारले थोरै भए पनि कर्णालीका ७ सय १८ वटै वडामा बजेट पठाउने व्यवस्था गरेको बताउँदै उनले बजेट पठाउने विगतको केन्द्रीकृत अभ्यासलाई परिवर्तन गरी वडाको सिफारिसकै सिफारिसलाई आधार मानेर विनियोजन गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमको तयारी स्वरूप सातै प्रदेशमा यस्तोका खालको कार्यक्रम गरिएको जानकारी दिए।

दुई दिनसम्म चल्ने उक्त अभिमूमिखरण कार्यक्रममा सोह्रौँ योजना, सरकारको नीति तथा कार्यक्रमबारे कर्णाली प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरुबीच छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस