७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री तामाङको दाबी : शिक्षाको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ

अ+ अ-

त्रिशूली (नुवाकोट) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नुवाकोटको विदुर नगरपालिका-५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशको विकासका लागि शिक्षा प्रमुख मेरुदण्ड भएकाले प्रदेश सरकारले सोही अनुसार प्राथमिकता दिँदै आएको बताए ।

“शिक्षा मार्फत देश विकासका लागी थप कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन सकिन्छ”, उनले भने, “स्वास्थ्य, कृषि, पूर्वाधारभन्दा शिक्षाको विकास पहिलो प्राथमिकतामा छ । शैक्षिक गुणस्तर वृद्धिका लागी प्रदेश सरकार गम्भीर छ ।”

सामुदायिक विद्यालयको आकर्षण बढाउन र शिक्षाबाट रोजगार सिर्जना गर्न प्रदेश सरकारले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने नुवाकोटको सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई आफ्नो व्यक्तिगत खर्चमा शैक्षिक भ्रमणमा लैजाने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री तामाङले शिक्षाको गुणस्तर वृद्धिमा लाग्न सरोकारवालाहरूलाई आग्रह गरे ।

कार्यक्रममा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस