काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) पदमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम तीन जना एसएसपीलाई डिआइजीपीमा बढुवा सिफारिस गरेको हो।
बढुवा समितिको २०८१ फागुन ८ गतेको निर्णयअनुसार जेष्ठताक्रमका आधारमा एसएसपी कृष्ण ढकाल, दिपेन्द्र कुवर र विष्णु प्रसाद भट्टलाई डिआइजीपी पदमा सिफारिस गरिएको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिसप्रति चित्त नबुझेमा सम्बन्धित सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५५ बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्नेछन्।
