९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओली कप हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

अ+ अ-

काठमाडौँ । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरेका छन् ।

केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।

बफोनअघि ब्राजिलका स्टारहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरूलाई ल्याउने प्रस्ताव गरे पनि उनीहरू नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष थेवेका अनुसार बफोन ल्याउनका लागि सम्झौता समेत भइसकेको छ ।

बफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।

बफोनलाई फागुन १७ गते (मार्च १ तारिख) नेपाल ल्याउने तयारी रहेको संघका सचिव पौडेलले जानकारी दिए । उनले दशरथ रंगशालमा फाइनल खेल अवलोकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस