काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) तस्करी गरेको आरोपका दुई जनाविरुद्ध साढे चार करोड रुपैयाँ भन्दा बढीको मुद्दा दायर भएको छ ।
मुस्ताङ भन्सार कार्यालयका कार्यालय सहयोगी टासी नुर्वु गुरुङ र घ्याचे गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवनले मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध ४ करोड ६६ हजार १२ लाख ४६ रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित कसुर गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
यसका साथै बिगोको शतप्रतिशत जरिवाना, भेप समेत जफत गर्नुपर्ने र दफा २३ (१) (ख) बमोजिम कैद समेत मागदाबी गरिएको छ ।