७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जनाविरुद्ध एक करोडको मुद्दा 

अ+ अ-

काठमाडौँ । ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।

मुद्दा दायर हुनेहरूमा बाराको कलैया उपमहानगरपालिका-५ का ३६ वर्षीय कर्मा साह सोनार, कर्माकै श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका-२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनार छन् । 

उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

उनीहरू विरुद्ध बिहीबार उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेको आरोपमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।

६० किलो ८० ग्राम चाँदीसहित प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगर-२१ अमलेखगञ्जबाट कर्मालाई २१ मंसिरमा पक्राउ गरेको थियो ।

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर चाँदी बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए ।

प्रहरीले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा थप दुई जनाको संलग्नता देखिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस