काठमाडौँ । चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइको आर्थिक अनियमितताबारे छानबिन गर्न चुरे तथा वनजंगल संरक्षण अभियानले माग गरेको छ ।
इकाइको मधेश प्रदेशका तत्कालीन प्रमुख चुडामणि खतिवडासहितलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै अभियानले आज ज्ञापन पत्रसमेत बुझाएको छ।
पत्रमा सार्वजनिक खरिद ऐनविपरीत ६० लाख रुपैयाँको विभिन्न प्रजातिको बिरुवा खरिद गरेको, जनतामा बिरुवा वितरण तथा वृक्षारोपण गर्न विभिन्न प्रजातिको बिरुवा उत्पादन गरे पनि सोही प्रजातिमध्ये धेरैजसो प्रजातिको बिरुवा खरिद गरी रकम दुरुपयोगबारे छानबिन र करोडौँ रुपैयाँको लाखौँ बिरुवाहरू उत्पादन तथा खरिद गरेको कागजमा देखिए पनि यथार्थमा नभएको भन्दै छानबिन गर्न माग गरेको हो ।