६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासले आज ६ जना इजरायली बन्धकलाई रिहा गर्दै

अ+ अ-

काठमाडौँ । हमासले आज ६ जना इजरायली बन्धकलाई रिहा गर्दैछ । इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार रिहा हुने ६ जनाको सूची हमासले इजरायललाई पठाएको छ । 

‘टाइम्स अफ इजरायल’का अनुसार मुक्त हुने सूचीमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम–तोभ रहेका छन् । उनीमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेका छन् । बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इजरायलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो ।

हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ । यसअघि हमासले ६ जना बन्धक छाडिसकेको छ भने इजरायलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ ।

हमासले बिहीबार चार जना इजरायली बन्धकको शव बुझाएको थियो । तर, तीमध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो ।

इजरायली अधिकारीले जसको भनिएको हो, उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ । इजरायल र हमासबीच माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस