७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलु खेती

अ+ अ-

वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलु खेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलु खेती गरेका हुन् ।

चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलु खेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए । 

उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलु खेती गरिएको हो ।

“तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बीउका लागि आलु लगाइएको छ”, उनले भने, “बाँकी तीन सय ७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ ।”

सामूहिक आलुखेतीमा वडा नं ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका उनले बताए। यहाँ उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उनले बताए । 

“यहाँ जतिमात्रामा आलु उत्पादन गरेपनि बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने अवस्था छैन” उनले भने, “चिप्स बनाउने कम्पनीसित आलु बिक्रीकालागि सम्झौता भएकाले हामीले आलु खनेपछि कम्पनीलाई खबर गर्छौं, कम्पनीले चलनचल्तीको भाउमा आलु खरिद गरेर लैजान्छ ।”

यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान उनको छ । आलु कार्यक्रमकालागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । ज्ञान केन्द्रले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यसवर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

गतवर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यसवर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो । विगतदेखि नै निर्वाहमुखी र परम्परागत रूपमा आलु खेती गरिँदै आए पनि विगत दुई वर्षदेखि आलुमा आधुनिकीकरण र व्यावसायिकतासँगै क्षेत्रफल र उत्पादनमा वृद्धि भएको प्रमुख हमालले बताए ।

स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बीउ आलु लगाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस