८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिबार रिहा गर्ने भनिएका छ मध्ये दुई इजरायली बन्धक रिहा

अ+ अ-

प्यालेस्टिनी । प्यालेस्टिनी लडाकुहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्।

इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ। गत जनवरी १९ मा सुरु भएको युद्ध विराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो ।

युद्ध विरामको पहिलो चरण अन्तर्गत रिहाइका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।

लडाकुहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।

प्यालेस्टिनी लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौँ बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो। 

मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताएअनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरूलाई पनि शनिबार नै रिहा गर्नेछ ।

इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल-सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए।

प्रतिक्रिया दिनुहोस