१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

अ+ अ-

सुदूरपश्चिम । कैलालीको गौरीगंगामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब अन्तिम चारमा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ ।

मधेस प्रदेशको नवजागृति क्लबलाई पराजित गरी सुदूरपश्चिम प्रदेश यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ ।  प्रतियोगिताको विजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु. दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु. १५ हजार पुरस्कार दिइने आयोजक गौरीगंगा-११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ  राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको नाममा गौरीगंगा-११ स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालन गरेको हो । यही फागुन १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न प्रदेशका फुटबल टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस